बीपी राजमार्ग पुनर्निर्माणका लागि जापान सरकारसँग सम्झौता, साढे २ अर्ब अनुदान

Oct 30, 2025 05:05 PM Merolagani



वीपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।

महोत्तरी बर्दिबासदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म १५९ किलोमिटर लम्बाइको राजमार्ग नेपालको एक महत्वपूर्ण राष्ट्रिय राजमार्ग हो। गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए । विशेषगरी रोशी नदी आसपासका केही भागहरू पूर्ण रूपमा नष्ट भएको छ ।

क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मत सम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन आर्थात करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता प्रदान गरेको छ ।

अनुदान सहायता सम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत तोरु माएदाले हस्ताक्षर गरेका हुन्।

त्यसैगरी, अनुदान सम्झौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जापानको तर्फबाट जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर समारोहपछि अर्थमन्त्री खनालले जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको उल्लेख गर्दै जापानले नेपालको आर्थिक सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पु-याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे।

 

 




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।