चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा लघुवित्तले २ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६० लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.०४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४१.२८ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३०.६१ प्रतिशत र सञ्चालन मुनाफा १९.१२ प्रतिशत घटेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ८९ पैसा घटेर ८ रुपैयाँ १६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७३.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४ पैसा रहेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ९ करोड ९३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ४३ पैसा रहेको छ।
१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। पहिलो तीन महिनासम्ममा लघुवित्तले ५ अर्ब १५ करोड ५७ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ५७ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
