सुनको मूल्य स्थिर, चाँदीकाे भने बढ्यो

Nov 03, 2025 10:58 AM Merolagani



कात्तिक १७ गते, सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । यस दिन सुन आइतबार कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा नै कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन चाँदी तोलामा ५ रुपैयाँ बढेको छ । आज सोमबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । आईतबारको बजारमा चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।