आईपीओ बाँडफाँट भएको करिब साढे २ महिनापछि माबिलुङ्ग इनर्जीको शेयर नेप्सेमा सूचीकृत

Nov 03, 2025 02:07 PM Merolagani



कात्तिक १७ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माबिलुङ्ग इनर्जी लिमिटेड (MABEL) को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

आईपीओ बाँडफाँट भएको करिब साढे २ महिनापछि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको शेयर गत भदौ ८ गते बाँडफाँट भएको थियो।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर यस दिन नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर भोली अर्थात कात्तिक १८ गतेको स्पेशल प्रि ओपन सेसनमा कारोबार भइपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। नेप्सेले कम्पनीलाई एमएबीईएल स्टक टिकर दिएको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।