श्रीनगर एग्रीटेकको शेयर नेप्सेमा सूचीकृत

Nov 21, 2025 01:02 PM Merolagani



मंसिर ५ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता गरी कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ५९ पैसादेखि ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ।

नेप्सेले कम्पनीलाई (SAIL) स्टक टिकर दिएको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।