टिकटकको एउटा विज्ञापनको कारण रुस अस्तव्यस्त, विश्वभर नै खैलाबैला

Nov 05, 2025 01:40 PM mero lagani



सामाजिक संजालले मानिसहरुको जीवनलाई कसरी तहसनहस पारिरहेको छ भन्ने दृष्टान्त अहिले रुसमा देखिएको छ । 

टिकटकमा आएको एउटा विज्ञापनलाई नियन्त्रण गर्न नसक्दा अहिले विश्वका महाशक्ति राष्ट्रहरु मध्येको एउटा रुस लगभग अस्तव्यस्त भएको छ भने विश्वभर नै एक प्रकारको खैलाबैला मच्चिएको छ ।

यस वर्षको सुरुमा, मलेक्युल अर्थात् अणु नामक चक्की रूसी टिकटकमा द्रुत गतिमा भाइरल भयो । युवाहरूको फिडमा मलेक्युल लिनुहोस् र खाना बिर्सनुहोस् जस्ता पोस्टहरू देखा पर्न थाले ।

धेरै भिडियो क्लिपहरूमा मलेक्युल प्लसू लेबल गरिएका नीलो बक्सहरूले भरिएका रेफ्रिजरेटरहरू देखाइए। यसले औषधिको लागि अर्डरहरूको बाढी निम्त्यायो।

किशोरीहरूले सामाजिक सञ्जालमा आफ्नो तौल घटाउने यात्रा साझा गर्न थाले। त्यसले गर्दा उक्त ‘औषधि’को व्यापार यस्तोसँग बढ्यो कि त्यसले रुसको फर्मास्युटिकल्स बजारलाई नै हल्लाइदियो ।

तर, केही समयपछि उक्त ‘औषधि’ प्रयोगकर्ताहरुमा विभिन्न ‘साइड इफेक्ट’हरु देखिन थाले । आँखाको नानीहरू ठूला भएका, कम्पन र अनिद्रा जस्ता लक्षणहरू रिपोर्ट गरे। कतिपय युवा र विद्यार्थीहरु आपतकालिन अवस्थामा अस्पतालमा भर्ना नै भए ।

यो घटनापछि जब रूसी पत्रिका इज्वेस्टियाले समाचार प्रकाशित गर्दै ती चक्कीहरूको परीक्षण गर्यो, तब तिनीहरूमा सिबुट्रामाइन नामक पदार्थ रहेको पाइयो।

यसलाई १९८० को दशकमा एन्टीडिप्रेसन्टको रूपमा विकसित गरिएको थियो । पछि यसलाई भोक दबाउने औषधिको रूपमा प्रयोग गरिएको थियो ।

तर अध्ययनहरूले पत्ता लगाएका छन् कि यसले हृदयघात र मस्तिष्कघातको जोखिम बढाउँछ। जबकी यसले तौल घटाउने कुरामा धेरै कम प्रभाव पार्छ। एक पटक प्रयोग गरेपछि प्रयोग गरिरहन मन लाग्ने अर्थात एक प्रकारको अम्मल जस्तो हुन्छ ।

यस कारणले गर्दा, २०१० मा संयुक्त राज्य अमेरिकामा यसलाई प्रतिबन्ध लगाइएको थियो । बेलायत, युरोपेली संघ र चीन लगायत धेरै देशहरूमा पनि यसलाई प्रतिबन्ध लगाइएको छ। तर, रुससंगै तीलगायतका अन्य थुप्रै देशहरुमा पनि यस्को प्रयोग बढ्दै जानु गम्भिर चिन्ताको विषय भएको विशेषज्ञहरुले बताएका छन् ।

रूसमा तौल घटाउनको लागि यो औषधि अझै पनि अनुमति छ, तर डाक्टरको प्रिस्क्रिप्शन आवश्यक छ, र वयस्कहरूले मात्र यसलाई लिन सक्छन्।

रूसमा प्रिस्क्रिप्शन बिना किन्नु र बेच्नु अपराध हो, तर धेरै व्यक्तिहरू र साना व्यवसायहरूले यसलाई अनलाइन बेचिरहेका छन्। यो प्रायः तोकिएको खुराक भन्दा बढी मात्रामा बेचिन्छ, र औषधि रूसमा प्रिस्क्रिप्शन बिना बेचिन्छ।

यो औषधिको २० दिनको ‘डोज’को मूल्य छ वा सात डलर पर्छ । कानूनी रूपमा स्वीकृत तौल घटाउने इंजेक्शनहरू ५० देखि १२० सम्ममा बिक्री हुन्छन्। त्यहीकारण तौल घटाउने विज्ञापन देखेपछि धेरै रसियनहरु त्यसप्रति आकर्षित भएका थिए ।

समस्या चर्किएपछि रूस सरकारले मलेक्युल प्लस खरिद विक्रीमा नियन्त्रण गर्दै कैंयौलाई अनुमति विना कारोबार गरेको आरोपमा सजाय सुनाइएको छ, तर यस्को विज्ञापन र खरिदबिक्री गर्ने क्रम रोकिएको छैन । उपभोक्ताहरु पनि घटेका छैनन् । विवाद बढेपछि यस्का अलग अलग प्याकेटहरु बजारमा देखिन थालेको छ ।

 

रुस सरकारले हालै एउटा कानुन बनाएर सरकारको अनुमति नलिएका विज्ञापनहरु र पोषणसंग सम्वन्धित कुनै पनि वस्तुको विज्ञापन प्रशारण गर्ने सामाजिक संजाल र त्यस्तो वस्तुका प्रयोगकर्ताहरुलाई अदालतको आदेश नै नलिए पक्राउ गर्न सक्ने नियम लागू गरिएको छ । त्यो अनुसार हजारौं मानिसहरुलाई पक्राउ गरिएको छ । तर, उक्त टिकटक लगायतका सामाजिक संजालमा उक्त विज्ञापन प्रशारण हुने र त्यसको प्रयोग गर्ने क्रम रोकिएको छैन । फलस्वरुप सिंगो रुस नै एक किसिमले अस्तव्यस्त भएको छ ।

उत्पादक र विक्रेता को हो भन्ने नै रहस्य

मलेक्युल प्लस नामक उक्त चक्की विश्वको कुन देशको कुन कम्पनीले उत्पादन गरेको हो र त्यसको आधिकारिक विक्री वितरण कस्ले गरिरहेको छ भन्ने नै जानकारी छैन ।

केही विक्रेताहरूले चीनको ग्वाङ्झाउ र हेनान प्रान्तका कारखानाहरूमा उत्पादन हुने गरेको दावी गरेका छन् भने केहीले जर्मनीमा उत्पादन हुने गरेको दावी गरेका छन् ।

केही प्याकेजहरूमा रिमेजेन, जर्मनी लेखिएको थियो तर त्यो ठेगानामा कुनै फर्मास्युटिकल्स कम्पनी नै नभएको विविसीले उल्लेख गरेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।