निर्जीवन बीमा कम्पनीले ३ महिनामा गरे साढे १२ अर्बको व्यापार, कुन कम्पनीको व्यापार कति ?

Nov 04, 2025 05:31 PM Merolagani



आर्थिक वर्ष २०८२ /८३ को असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल साढे १२ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ । यस कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । पहिलो तीन महिनाको अवधिमा सबैभन्दा कम बीमा शुल्क संकलन गर्ने कम्पनीमा भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेड परेको छ । कम्पनीले तीन महिनाको अवधिमा ५ हजार ५ सय ७२ वटा बीमा लेख बिक्री गरेर ४१ करोड ४१ लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ९९ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले ९२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ८८ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ७८ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले ७० करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ६८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले ५० करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यता धेरै बीमालेख जारी गर्ने कम्पनीमा भने युनाइटेड अजोड इन्स्योेरेन्स लिमिटेड परेको छ । कम्पनीले १ लाख २ हजार ४९४ वटा बीमालेख बिक्री गरेर ८८ करोड २९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । त्यस्तै समीक्षा अवधिमा सबैभन्दा कम बीमालेख बिक्री गर्ने कम्पनीमा पनि राष्ट्रिय बीमा कम्पनी नै परेको छ । कम्पनीले समीक्षा अवधिमा जम्मा ५५ सय ७२ वटा मात्रै बीमालेख बिक्री गरेको छ ।

१ लाख भन्दा बढी बीमालेख बिक्री गर्नेमा युनाइटेड अजोड इन्स्योरेन्स मात्रै रहे पनि ५० हजार भन्दा बढी बीमालेख बिक्री गर्नेमा भने क्रमशः शिखर, हिमालयन एभरेष्ट, नेका, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, एनएलजी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । नेसनल र राष्ट्रिय बीमा कम्पनीले भने १० हजार भन्दा कम मात्रै बीमालेख बिक्री गर्दा बाँकी चार वटा कम्पनी नेपाल इन्स्योरेन्स, सानिमा जिआईसी, प्रभु र दि ओरियन्टलले भने १० हजारदेखि ५० हजारको बीचमा बीमालेख बिक्री गरेका छन् ।

लघु बीमामा को अगाडि ?

लघु निर्जीवन बीमा कम्पनीले नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी ७ करोड ३ लाख रुपैयाँको व्यापार गरेका छन् । त्यसलाई पछ्याउँदै क्रमशः प्रोटेक्टिभ माइक्रो, ट्रष्ट माइक्रो र स्टार माइक्रोले ६ करोड ९९ लाख, ६ करोड ९५ लाख र ५ करोड ७२ लाख रुपैयाँको व्यापार गरेका छन् । बीमालेख संख्याको आधारमा भने प्रोटेक्टिभ माइक्रोले सबैभन्दा बढी २५ हजार ४ सय २४ वटा बीमालेख बिक्री गरेका छन् । भने त्यसलाई स्टार माइक्रोले २४ हजार २ सय ४१ वटा बीमा लेख बिक्री गर्दै पछ्याएका छन् । यता नेपाल माइक्रोले २२ हजार ७ सय १५ वटा र सबैभन्दा कम ट्रष्ट माइक्रो इन्स्योरेन्सले १९ हजार २ सय ५१ वटा बीमालेख बिक्री गरेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।