नेपाल–भारत ऊर्जा बैठकः दुई ठूला अन्तरदेशीय प्रसारण लाइन बनाउने सहमति, ढल्केबर मुजफ्फरपुरको क्षमता पुनर्मूल्याङ्कन गरिने

Nov 05, 2025 12:42 PM merolagani



पोखरा कात्तिक १७ र १८ मा सम्पन्न भएको नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (जेटीटी)को बैठकमा नेपालमा दुईवटा ठूला अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ ।

खासगरी, चमेलिया–जौलजिवी प्रसारण लाइन २२० केभी र निजगढ–मोतिहारी ४०० केभी डबल सर्किट लाइन निर्माण गर्ने सहमति भएको हो । बैठकले चमेलिया–जौलजिबी प्रसारण लाइनको संयुक्त विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नोभेम्बर २०२५ भित्र तयार गर्ने सहमति भएको छ। दुवै देशले यो लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउने सहमति भएको छ ।

त्यस्तै, निजगढ–मोतिहारी ४०० केभी डबल सर्किट लाइनको संयुक्त डीपीआर तयारीका लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र त्यसपछि संयुक्त डीपीआर तयार गर्ने सहमति भएको छ।

त्यस्तै, बैठकले ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सीतामढी लाइनमार्फत विद्युत् आदानप्रदान क्षमताको पुनर्मूल्याङ्कन गरिने सहमति भएको छ । जसअनुसार नेपालले अब नेपालबाट १,५०० मेगावाटसम्म विद्युत् निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने भएको छ।

त्यस्तैगरी, नयाँ बुटवल–गोरखपुर ४०० केभीको नयाँ बुटवल–गोरखपुर लाइनलाई अस्थायी रूपमा २२० केभीमा सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको छ। यसबाट आयात–निर्यात क्षमता निर्धारण गर्न उत्तर प्रदेश ट्रान्समिसन कम्पनीसँग १५ दिनभित्र थप बैठक बस्ने तय भएको हो ।

ढल्केवर–मुजफ्फरपुर ४०० केभी लाइनको कन्डक्टर बदल्ने काममा उच्च तापक्रम सहन सक्ने (एचटीएलएस) प्रविधि अपनाउने विषयमा डीपीआर तयारी अगाडि बढाउने सहमति भएको छ।

यसैगरी, रक्सौल–परवानीपुर र रामनगर–गण्डक १३२ केभी लाइनहरूको क्षमता अभिवृद्धि गर्न पनि कन्डक्टर एचटीएलएस कन्डक्टरले प्रतिस्थापन गर्ने विषयमा संयुक्त अध्ययन गरिने सहमति भएको हो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।