महशुल बुझाउने १० वटा उद्योगमा जोडियो लाइन, १५ वटा उद्योग अझै अन्धकारमा

Nov 05, 2025 03:18 PM merolagani



ट्रंक तथा डेडिकेटेड महशुलबापतको अतिरिक्त प्रिमियम शुल्क नतिरेपछि अहिले १५ वटा उद्योग अन्धकारमा रहेका छन् । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार, यसअघि विद्युत् लाइन काटिएका २५ वटामध्ये महशुल बुझाउने उद्योगमा मात्र लाइन जोडिएको हो ।

महशुलबापतको किस्ता रकम नबुझाउने १५ वटा उद्योगमा अहिले पनि लाइन जोडिएको छैन् । प्राधिकरणका प्रवक्ता राजन ढकालले महशुलबापतको किस्ता तिर्ने १० वटा उद्योगमा पुनः लाइन जोडिएको छ ।

बाँकी १५ वटा उद्योगले महशुल नतिरेकाले लाइन काटिएकै अवस्थामा रहेको उनले बताए । उनका अनुसार, महशुलबापतको किस्ता तिर्न नआएकाले ती उद्योगमा लाइन जोडिएको छैन् ।

यसअघि प्रधानमन्त्री शुशीला कार्कीले निजी क्षेत्रका उद्योगीसँग छलफल गरेर मध्यमार्गी प्रस्तावमा सहमत भए पनि अहिलेसम्म उद्योगीले महशुलबापत बक्यौता तिरेका छैनन् । प्राधिकरणले २८ किस्तामा बक्यौता तिर्न आग्रह गरे पनि उद्योगीहरुले भने महशुलबापतको विवादित रकमको एक किस्ता बराबरको रकम धरौटीका रुपमा बुझाउन सहमत भएका थिए ।

तर, प्राधिकरणले भने किस्तालाई धरौटीका रुपमा मान्न तयार नहुँदा यो मुद्दा थप पेचिलो बन्दै गएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।