चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा बैंकले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.५७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.६९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६.५६ प्रतिशत घटेको छ। त्यस्तै, बै.कको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३३.०४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४०.४९ प्रतिशत घटेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६४ पैसा घटेर ३ रुपैयाँ ८६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ।
२१ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ सञ्चित छ। गत असोज मसान्तसम्ममा बैंकले ७ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १८ करोड ४३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
