दिल्लीमा बम विस्फोट भएको २४ घण्टा नवित्तै पाकिस्तानको इस्लामावादमा उस्तै प्रकारले बम विस्फोट, कम्तिमा १२ जनाको मृत्यु

Nov 11, 2025 03:42 PM mero lagani



भारतको नयाँ दिल्लीमा बम विस्फोट भएको २४ घण्टा नपुग्दै पाकिस्तानको राजधानी इस्लामाबादमा बम विस्फोट भएको छ । 

बम विस्फोटमा परि कम्तिमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने पाकिस्तानी संचारमाध्यहरुले उल्लेख गरेका छन् । हिजो दिल्लीमा गरिए जस्तै गरि पाकिस्तानमा पनि कारमै राखेर बम विस्फोट गराइएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।


इस्लामावादको जिल्ला अदालत नजिकै स्थानीय समय अनुसार आज दिउँसो १२ः१५ बजे भएको शक्तिशाली बम विस्फोटको आवाज ६ किलोमिटर टाढासम्म सुनिएको थियो।

शुरुमा सुरुमा कारमा जडान गरिएको ग्यास सिलिन्डर विस्फोट भएको अनुमान गरिए पनि पछि आत्मघाती हमलाकारीले अदालत परिसर बाहिर आफैलाई विस्फोट गराएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

अहिले राजधानी इस्लामावादको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतीय संचारमाध्यम र राजनीतिक नेताहरुले हिजो नयाँ दिल्लीमा भएको आक्रमणमा पाकिस्तानको हात रहेको चर्चा गरिरहेको बेला आज पाकिस्तानमा भएको आक्रमणमा कस्को हात रहेको छ भन्ने बारेमा भने अधिकारीहरुले केही उल्लेख गरेका छैनन्  ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।