सुनको मूल्य बढ्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार?

Aug 24, 2026 10:55 AM Merolagani



सुनको मूल्य बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ । भदौ ८ गते, सोमबार नेपाली बजारमा सुन प्रतितोला तीन हजार २०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबारको बजारमा सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको बजारमा चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।