सोलु हाइड्रोपावर लिमिटेडले पायो धितोपत्र बोर्डबाट आईपीओ निष्कासनकाे अनुमति

Nov 11, 2025 04:56 PM merolagani



सोलु हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति प्राप्त गरेको छ। कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति प्रदान गरिएको हो।

कम्पनीलाई प्रति कित्ता एक सय रुपैयाँ दरका दुई करोड कित्ता शेयर निष्कासन गर्न अनुमति प्रदान गरिएको छ।

कम्पनीले २० प्रतिशत हुन आउने दुई करोड कित्ता शेयर निष्कासन अनुमति पाएको हो। कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटल रहेका छन्।