'नम्बर वान' ग्लोबल आईएमई बैंकको दुई दशककाे यात्रा, ‘सबैका लागि बैंक’ राष्ट्रिय पूँजी निर्माणमा भरपर्दाे सारथी

Nov 11, 2025 05:27 PM merolagani



ग्लोबल आईएमई बैंक मुलुकमा संचालित २० वाणिज्य बै‌ंक मध्ये 'नम्बर वान' बै‌ंक बनेकाे छ । पूँजीको आकार, निक्षेप स‌ंकलन, ऋण लगानी, सेवाग्राही सङ्ख्या, शाखा सञ्जाललगायतका हिसाबले हेर्दा  ग्लोबल आईएमई बैंक मुलुककै नम्बर वान  बैंक कहलिएकाे हाे ।

देशकै ठूलाे अनि अब्बल बैंक ग्लोबल आईएमई बैंक आफ्नो व्यावसायिक यात्राको २० औँ वर्षमा प्रवेश गर्दै छ । व्यावसायिक आरोह–अबरोह पार गर्दै र साना तथा छरिएर रहेका विभिन्न बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गर्दै ग्लोबल आईएमई बैंक मुलुककै अब्बल बैंक बन्न सफल भएको हाे । 

देश बिषम परिस्थितिबाट गुज्रिरहेकाे अवस्थामा पनि पूँजी निर्माणकाे भरपर्दाे आधार स्तम्भकाे रूपमा बैंक सधैँ उभिइरहेकाे छ । 

मुलुककाे  पूर्वाधार निर्माणमा लगानी गर्न भरपर्दाे श्राेत भएकाे बैंकले कठिनाइ भोगिरहेका उद्योग व्यवसायीका लागि समेत राहत दिने गरेकाे छ । बैंकले अहिले ‘सबैका लागि बैंक’ भन्ने दृष्टिकोणसहित बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ  । बैंकले मुलुकको वित्तीय क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ ।

अब्बल बैंककाे वित्तीय स्थिति

हालै मात्र प्रकाशित चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार रकमका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा शीर्ष स्थानमा छ। बैंकले सो अवधिसम्ममा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २.६२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.४४ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा पनि बढेर ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९५ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ७७ पैसा बढेर १९ रुपैयाँ ५१ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ। बैंकले असोज मसान्तसम्ममा ५ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

शेयरधनीहरुलाई लाभांश वितरणकाे इतिहास

पहिलो त्रैमाससम्म सर्वाधिक नाफा कमाएको यस बैंकले हरेक वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आइरहेको छ। गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा वितरण गरेको थियो। सो आर्थिक वर्ष बैंकले शेयरधनीहरुलाई २३.७५ प्रतिशत बोनस शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी कुल २५.५० प्रतिशत लाभांश वितरण गरेको थियो।

आर्थिक वर्ष २०८०/८१ मा बैंकले ५.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। त्यस्तै, बैंकले आर्थिक वर्ष २०७९/८० मा १ प्रतिशत बोनस र ८ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०७८/७९ मा ३ प्रतिशत बोनस शेयर र १०.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सोभन्दा अघिका वर्षहरुमा बैंकले बोनस शेयरमा जोड दिँदै नगदभन्दा बोनस शेयर बढी वितरण गरिरहेको थियो। बैंकले आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनससहित कुल १३.५० प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १४ प्रतिशत बोनससहित कुल १६ प्रतिशत र २०७५/७६ मा १२.७५ प्रतिशत बोनससहित २५.५० प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७४/७५ मा भने बैंकले १६ प्रतिशत बोनस शेयर मात्र वितरण गरेको थियो। 

निरन्तर उत्कृष्टताको सम्मान

देशभित्र मात्र हैन,ग्लोबल आइएमई बैंकले पुनः एक पटक पुरा विश्वलाई आफूतर्फ आकर्षित गरेकाे छ।  ग्लोबल फाइनान्स म्यागेजिनले हालै गरेकाे ‘बेष्ट बैंक अवार्ड २०२५’ को घोषणाले बैंकलाई जन विश्वसामु गुणस्तरीय बैंक बनाएकाे छ । 

निरन्तर दोस्रो वर्ष नेपालको सर्वोत्कृष्ट बैंकको रुपमा पुरस्कृत ग्लोबल आइएमई बैंकले राष्ट्रिय नेतृत्व मात्र नभई वित्तीय उत्कृष्टताको क्षेत्रीय मान धारकको रुपमा पनि आफ्नो स्थानलाई सुदृढ गर्न सफल भएकाे छ।

केही दिन अघि मात्र संयुक्त राज्य अमेरिकामा भएको कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीलाई सो अवार्ड ग्लोबल फाइनान्सका प्रतिनिधिहरुले सम्मानपूर्वक हस्तान्तरण गरेका थिए। बैंकको वित्तीय शक्ति, स्रोत परिचालन, पहुँच विस्तार, डिजिटल आविष्कार, रणनीतिक साझेदारी र क्रेडिट रेटिङ्ग जस्ता मापदण्डहरुका आधारमा सो म्यागेजिनले बैंकको मूल्यांकन गरेको थियो।

सन् २०२५ मा नेपालको शीर्ष वित्तीय संस्थाको रुपमा उदाएको ग्लोबल आइएमई बैंक, एचएसबीसी (हङकङ), स्टेट बैंक अफ इण्डिया, चाइना कन्स्ट्रक्सन बैंक, यूओबी मलेशिया, सिटी बैंक बंगलादेश र एसएमबीसी जापान जस्ता सम्मानप्राप्त बैंकहरुको सूचीमा समावेश भएको छ।

यससँगै ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सद्वारा सम्मानित पहिलो बैंक पनि बन्यो, जुन नेपालको वित्तीय उद्योगलाई बैंकिङ उत्कृष्टताको विश्वव्यापी नक्सामा एक कोशेढुङ्गा हो।

बैंककाे इतिहास 

नेपाललाई विश्व अर्थतन्त्रसँग जोड्न सक्ने बलियो, नवीन र समावेशी वित्तीय संस्था बनाउने स्पष्ट भिजनसहित सन् २००७ (वि.सं. २०६४) मा ग्लोबल आइएमई बैंकको स्थापना भएको थियो।

सुरुका दिनदेखि नै बैंकले पहुँच र सवा प्रवाहमा भएका अवरोधहरुलाई तोड्ने कार्य गरिरहेका छ। स्थापनाको पहिलो दशक भित्रै, ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा आफ्नो उपस्थिति कायम गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक बन्यो। वित्तीय समावेशीकरण र पुरा देशको सेवाप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिने संस्थाको लागि यो एक अभूतपूर्व उपलब्धि हो।

बैंकको यो वृद्धि अर्गानिक विस्तारबाट मात्र नभई रणनीतिक मर्जरबाट पनि प्राप्त भएको हो। यसले ग्लोबल आइएमई बैंकको यात्राको विशेषतालाई परिभाषित गर्दछ। विगतका वर्षहरुमा बैंकले कमर्ज एण्ड ट्रस्ट बैंक नेपाल लिमिटेड, जनता बैंक नेपाल लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड लगायतका प्रमुख बैंकहरुलाई सफलतापूर्वक आफूमा गाभेको छ।

नेपालको सबैभन्दा बलियो र डाइभर्सिफाइड वाणिज्य बैंकको रुपमा आफ्नो अवस्थालाई सुदृढ पार्न यी मर्जरहरुले बैंकको पूँजी आधार, ग्राहक पहुँच र परिचालन दक्षतामा उल्लेख्य योगदान दिएको छ।

सफलताका चरण

ग्लोबल आइएमई बैंकको इतिहास प्रगतिशील भावनालाई चित्रण गर्ने ऐतिहासिक उपलब्धिहरुद्वारा परिभाषित छः

सन् २००७ः नेपालमा विश्वस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले वाणिज्य बैंकको रुपमा स्थापित
सन् २०१४ः द बैंकर म्यागेजिनबाट बैंक अफ द इयर को रुपमा सम्मानित
सन् २०१६ः अग्रगामी डिजिटल सेवाहरुका लागि सर्वश्रेष्ठ इन्टरनेट बैंक अवार्ड
सन् २०१९ः जनता बैंक नेपाल लिमिटेडसँग नेपालको इतिहासमा बिग मर्जरमध्येको एक सम्पन्न
सन् २०२२, २०२४ र २०२५ः नवप्रवर्तन र सुशासनका लागि यूरोमनि अवार्ड फर एक्सिलेन्स विजेता
सन् २०२४ः यूरोमनि अवार्ड अफ एक्सिलेन्सद्वारा बेष्ट बैंक ईएसजीबाट सम्मानित
सन् २०२४ र २०२५ः ग्लोबल फाइनान्सद्वारा नेपालको उत्कृष्ट बैंक उपाधि 
सन् २०२३ः बैंक अफ काठमाण्डू लिमिटेडसँग मर्जर, जसले बैंकको पूँजी र सञ्जाललाई थप सुदृढ बनायो
यी प्रत्येक उपलब्धिले सेवा, विश्वास र नवप्रवर्तनका आधारभूत सिद्धान्तहरु कायम राख्दै परिवर्तनशील बजारहरुसँग विकास गर्ने बैंकको क्षमतालाई प्रतिनिधित्व गर्दछ।

बैंकको नेतृत्व

ग्लोबल आइएमई बैंकको नेतृत्वमा अध्यक्ष चन्द्रप्रसाद ढकाल, एक दूरदर्शी र नेपालका सम्मानित व्यवसायिक व्यक्तित्व, छन्।  प्रतिष्ठित व्यावसायिक समूह आइएमई समूहको संस्थापक अध्यक्ष ढकाल नेपाल वाणिज्य महासंघकाे बर्तमान अध्यक्षसमेत हुन्।  उनको नेतृत्वमा बैंकले सुशासन, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राखेको छ।  

यसैगरी सञ्चालक राधेश पन्त पाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष तथा लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्तित्व हुन् । उनी वित्तीय र व्यवसायिक क्षेत्रका अनुभवी व्यक्तित्व हुन् ।  

अर्का सञ्चालक कृष्णप्रसाद शर्मा राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत लगायत नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, कर्मचारी सञ्चय कोष, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, कर्जा सूचना केन्द्र, कर्जा तथा निक्षेप सुरक्षण निगम जस्ता निकायहरुको सञ्चालक समिति सदस्यको हैसियतमा काम गरिसकेका व्यक्तित्व हुन् ।

सञ्चालक रामबहादुर भण्डारी बैकिङ तथा साैर्य उर्जाकाे क्षेत्रमा बिशिष्ट सेवा दिने व्यक्तित्व हुन् भने अर्का सञ्चालक  मदनलाल जोशीसंग बैंकिङ्ग एवं कर्पोरेट क्षेत्रको दुई दशक अनुभव छ ।

यसैगरी ३० वर्षसम्म नेपाल राष्ट्र बैंकको सेवामा रही कार्यकारी निर्देशक तहबाट अबकाश प्राप्त नारायण प्रसाद पौडेलसँग पनि बैंककाे सञ्चालकमा छन् ।

बैंककाे प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसँग बैंकिङ सेवाकाे ३५ वर्षकाे अनुभव छ । १७ वर्षदेखि उनी  ग्लाेबल आइएमइ बैंक छन् । उनीसँग अनुभवी,लगनशील र परिपक्व टीम छ ।

बैंककाे नेतृत्वले आन्तरिक लगानी विस्तार, प्रत्यक्ष विदेशी लगानीको आकर्षण तथा मुलुकमै व्यवसायमैत्री वातावरण सिर्जना गर्न अतुलनीय योगदान पुर्याएको छ ।

पहुँच विस्तार र बलियो पहुँच

वासलातको आकार र सेवा दुबैको आधारमा ग्लोबल आइएमई बैंक आज निजी क्षेत्रको नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा उभिएको छ। यसको विस्तारित नेटवर्कले सबैभन्दा दुर्गम समुदायहरु पनि औपचारिक बैंकिङ्गको पहुँचमा छ भन्ने सुनिश्चित गर्दछ।

बैंकको नेटवर्क

  • ३५२ शाखा कार्यालय
  • ३८४ एटिएम
  • १५० शाखारहित बैंकिङ्ग आउटलेट
  • ६८ एक्टिन्सन र राजश्व संकलन काउन्टर
  • ३ अन्तरराष्ट्रिय प्रतिनिधि कार्यालय

यी सबै गरेर देशभर कुल १ हजारभन्दा बढी सेवा केन्द्रहरु, नेपालको शहरी र ग्रामीण अर्थतन्त्रहरु पहुँचयोग्य, प्रविधि–सञ्चालित बैंकिङ्गमार्फत जोड्ने बैंकको दीर्घकालिन लक्ष्यको प्रतीक हो।

पूँजी शक्ति र वित्तीय स्थायित्व

ग्लोबल आइएमई बैंकको उदयलाई बलियो वित्तीय आधारले समर्थन गरेका छ। ३८ अर्ब १२ करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी र ६ खर्ब रुपैयाँभन्दा बढी कुल सम्पत्ति भएको ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा धेरै पूँजी भएको निजी संस्था हो।

विवेकपूर्ण जोखिम व्यवस्थापन र वित्तीय अनुशासनको प्रतिबिम्ब स्वरुप बैंकको पूँजी पर्याप्तता अनुपात (सिएआर) सदैब नियामक थ्रेसहोल्डभन्दा माथि छ। कर्जामा विविधिकरण, बलियो निक्षेप आधार र निरन्तर नाफाले ग्लोबल आइएमई बैंकलाई यस क्षेत्रको सबैभन्दा स्थिर बैंकको रुपमा परिचित गराउँदै आइरहेको छ।

स्थानिय र अन्तरराष्ट्रिय दुबै स्तरमा बैंकको उच्च क्रेडिट रेटिङ्गले यसको लचिलोपन, पारदर्शिता र दीर्घकालिन दिगोपनलाई प्रमाणित गर्दछ।

विप्रेषण र ग्लोबल कनेक्टिभिटि

परम्परागत बैंकिङभन्दा बाहिर पुगेर, ग्लोबल आइएमई बैंकले नेपाल र विश्व अर्थतन्त्रबीच महत्वपूर्ण वित्तीय पुलको रुपमा कार्य गरिरहेको छ। यसको व्यापक विप्रेषण सञ्जालले संयुक्त राज्य अमेरिका, यूके, क्यानडा, अष्ट्रेलियो, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरुमा काम गर्ने नेपालीहरुले सुरक्षित र प्रभावकारी रुपमा आफ्नो घरमा पैसा पठाउन सहयोग गरेको छ।

डिजिटल प्लेटफर्मलाई ग्रामिण स्तरसम्म पहुँच पुग्ने गरी फराकिलो बनाएर बैंकले लाखौँ आप्रवासी कामदार र उनीहरुका परिवारको लागि विश्वसनीय साझेदार बन्दै नेपालको विदेशी मुद्रा प्रवाह र आर्थिक स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

नवप्रवर्तन र स्थिरताप्रति प्रतिबद्धता

ग्लोबल आइएमई बैंक सञ्चालनको केन्द्रविन्दु नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धता हो। आधुनिक र समावेशी अर्थतन्त्रको आवश्यकता झल्काउने मोबाइल तथा इन्टरनेट बैंकिङदेखि एसएमई फाइनान्सिङ, डिजिटल वालेट र ग्रीन इनर्जी लेन्डिङ्गसम्मको अग्रगामी वित्तीय समाधानहरुलाई बैंकले निरन्तर सुरु गर्दै आइरहेको छ।

बैंकले नविकरणीय उर्जा, उद्यमशीलता र वित्तीय समावेशीकरणलाई प्रबर्द्धन गर्ने परियोजनाहरुलाई समर्थन गर्दै आफ्नो रणनीतिमा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) सिद्धान्तहरु पनि समावेश गरेको छ। यस्ता पहलहरुमार्फत बैंकले सामाजिक उत्तरदायित्वसँगै आर्थिक उन्नति पनि हातेमालो गर्दै अगाडि बढ्ने कुरालाई सुनिश्चित गरेको छ।

रणनीतिक साझेदारी र अन्तरराष्ट्रिय परिदृश्य

विश्वका अग्रणी वित्तीय संस्थाहरुसँगको बलियो सम्बन्धले व्यापार वित्त, विदेशी मुद्रा र सीमापार लेनदेनमा बैंकको क्षमता बढाएको छ। यसका अन्तरराष्ट्रिय प्रतिनिधि कार्यालयहरुले नेपाली डायस्पोरा र नेपालमा अवसर खोज्ने विश्वव्यापी लगानीकर्ताहरुका लागि गेटवेको रुपमा कार्य गरिरहेको छ।

यस्ता साझेदारीहरुले बैंकको अन्तरराष्ट्रिय छाप विस्तार मात्र नभइ विश्व वित्तीय प्रणालीमा नेपालको सहभागितालाई सुदृढ बनाउँदै लगानी प्रवाह र दिगो आर्थिक सहयोगलाई पनि बढावा दिन्छ।

मानव सशक्तिकरण, विश्वास निर्माण

ग्लोबल आइएमई बैंकको हरेक सफलताको पछाडि यसका समर्पित दक्ष जनशक्तिको हात छ। बैंकले समावेशी, योग्यतामा आधारित संस्कृतिको अनुसरण गर्दै निरन्तर सिकाइ, नेतृत्व विकास र कार्यसम्पादन–सञ्चालित मान्यतामार्फत कर्मचारीहरुलाई सशक्त बनाइरहेको छ।

ग्राहकको विश्वास बैंकको सबैभन्दा ठूलो सम्पत्ती हो। पारदर्शिता, विश्वसनियता र उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धताले नेपालका शहरी तथा ग्रामीण क्षेत्र लाखौँ ग्राहकहरुको भरोसा जित्न सफल भएको छ।

आगामी रणनीति

ग्लोबल फाइनान्सबाट निरन्तर उत्कृष्ट बैंकको उपाधिबाट सम्मानित ग्लोबल आइएमई बैंकले डिजिटल रुपान्तरण, रणनीतिक अन्तरराष्ट्रिय विस्तार र दिगो वित्त सहितको भविष्य कल्पना गरेको छ।

अध्यक्ष ढकालले ग्लोबल आइएमईलाई नेपालको अग्रणी बैंक मात्र नभई नवप्रवर्तन, सुशासन र ग्राहक केन्द्रित उत्कृष्टतामार्फत विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्षम क्षेत्रीय वित्तीय पावरहाउसको रुपमा पनि परिकल्पना गरेका छन्। बलियो पूँजी आधार, उन्नत डिजिटल प्लेटफर्म र सेवाप्रति अटल प्रतिबद्धताका साथ, नेपालको बैंकिङ्ग विकासको अर्को युगलाई आकार दिन ग्लोबल आइएमई बैंक तयार छ।

निष्कर्ष

सन् २००७ मा यसको स्थापनाकालदेखि विश्वभर सम्मानित वित्तीय संस्थाको रुपमा मान्यता प्राप्त गर्नेसम्म, ग्लोबल आइएमई बैंक लिमिटेडले विश्वस्तरमा नेपाली बैंक हुनुको अर्थ के हो? भनेर पुनः परिभाषित गरेका छ। बैंकको विश्वास, नविनता, समावेशीता र उत्कृष्टताको प्रमाणको रुपमा बेष्ट बैंक अवार्ड २०२५ लाई लिन सकिन्छ। आफ्नो पहुँच र प्रभाव विस्तार गर्ने क्रममा, राष्ट्रिय समृद्धि र विश्वव्यापी पहिचान प्राप्त गर्न आवश्यक दृष्टि, इमान्दारी र दृढ संकल्पको उदाहरण ग्लोबल आइएमई बैंक बनेको छ।