चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले १ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.१७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी ४३.०७ प्रतिशत बढेको छ भने कुल आम्दानी २८.५५ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन खर्च समीक्षा अवधिमा १०.९७ प्रतिशत र कुल गैर सञ्चालन खर्च २८.०२ प्रतिशत बढेको हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ९ पैसा बढेर १० रुपैयाँ ८० पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७२.११ गुणा रहेको छ।
५९ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १६ करोड ४२ लाख रुपैयाँ सञ्चित छ।
