चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ४३ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानी बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १३.८८ प्रतिशत घटेर २ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २.१२ प्रतिशत बढेको छ भने वित्तीय खर्च १३.९९ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसा घटेर १५ रुपैयाँ ७ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३० गुणा रहेको छ।
६४ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७ करोड ३८ लाख रुपैयाँ सञ्चित छ।
