चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ९.३६ प्रतिशत बढेको छ भने कुल आम्दानी ०.२० प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी २.४८ प्रतिशत र कुल खर्च २.६२ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७१ पैसा बढेर ९ रुपैयाँ ५ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८४.९३ गुणा रहेको छ।
१० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियम ३ अर्ब १२ करोड रुपैयाँ, विशेष जगेडामा २ अर्ब १३ करोड रुपैयाँ, महाविपत्ती कोषमा २१ करोड ४५ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा ९७ करोड २९ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको अन्य इक्विटी भने समीक्षा अवधिमा ५५ करोड ६ लाख रुपैयाँ ऋणात्मक छ।
