चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा कम्पनीले ९० लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी सामान्य घटेपनि खर्च घटेका कारण कम्पनीको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.०९ प्रतिशत र कुल आम्दानी १.०४ प्रतिशत घटेको छ। कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा ७.४७ प्रतिशत घटेको छ। जसका कारण नाफा बढ्न पुगेको हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ २२ पैसा बढेर ४ रुपैयाँ ५० पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६४.८८ गुणा रहेको छ।
८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ करोड २८ लाख रुपैयाँ रहेको छ।
