यो मुद्दा २०२२ २३ को करमुक्त आयसँग सम्बन्धित खर्चको गणनासँग सम्बन्धित थियो, जसमा आयकर विभागले आपत्ति जनाएको थियो ।

ऐश्वर्याले २०२२/२३ को लागि कुल ३९ करोड ३३ लाख भारतीय रुपैयाँ आम्दानी घोषणा गरेकी थिइन् । यसमध्ये २ करोड १४ लाख भारतीय रुपैयाँ गैर करयोग्य आम्दानी थियो । उनले ४९ लाख ८ हजार भारतीय रुपैंया कटौती दाबी गरिन्, उनले करमुक्त आम्दानी कमाउन कुनै प्रत्यक्ष खर्च नगरेको बताइन् ।
कर विभागका अधिकारीहरुले ऐश्वर्याले करको हिसाब गलत तरिकाले गरेको दावी गरेका थिए । उनीहरुले उक्त वर्ष ऐश्वर्याले करयोग्य आम्दानी ४३ करोड ४४ लाख भारतीय रुपैयाँ गरेको दावी गर्दै त्यो अनुसार कर तिर्न आदेश दिएको थियो ।
यही विवाद बढेपछि ऐश्वर्याको तर्फबाट आयकर पुनरावेदन न्यायाधिकरण (ITAT)अदालतमा मुद्दा दर्ता गरिएको थियो । अदालतले ऐश्वर्या रायले गरेको कर गणना सही भएको भन्दै उनको पक्षमा फैसला गरेको हो ।