जाडो बढेसँगै ज्याकेट, कोट र हाइनेकको माग बढ्याे

Nov 18, 2025 02:50 PM merolagani



जाडो याम शुरु भएसँगै न्यानो कपडाको विक्री बढेको छ । व्यापारीहरुकाअनुसार हिजोआज न्यानो कपडा किन्न आउनेहरुको पसलहरुमा बढेका छन् । उनीहरुले अहिले स्वीटर, ज्याकेट, कोट, पाइन्ट खोज्ने गरेका छन् । तर व्यापारीहरु भने त्यति उत्साहित छैनन् ।

उनीहरुकाअनुसार धेरै युवाहरु विदेशिदाँ पसलहरुमा आउने ग्राहकको संख्यामा उल्लेख्य कमी आएको छ । पहिलेको तुलनामा व्यापार धेरै कम हुँदा उत्साह समेत घटेको छ । व्यापारी चन्दकुमार नायकले व्यापारमा कमी आएको बताए । मान्छेहरु पहिला भन्दा घटेकै कारणले व्यापारमा कमी आएको हुनसक्ने उनले बताए । नायककाअनुसार जाडोको सामानहरुमा हाइनेक, ज्याकेट, टाउजरहरुको विक्री बढी छ । उनकाअनुसार जाडोका कपडाहरुको १०००-१२०० का रहेका छन् । पहिलेको तुलनामा भाउ बढेको उनको भनाइ छ । ज्याकेट, कोट, हाइनेकहरुको भाउ गत वर्षको तुलनामा बढेको छ । नेपाली समानहरु भन्दा बाहिरी समानहरुको माग बढि रहेको नायकले बताए ।

व्यवसायी नायकले भने–‘सबै जसो वर्षमा मान्छे कमकम हुँदै गएको छ । मान्छेहरु बाहिर बस्न थालिसक्यो । सबै मान्छे बाहिर गइरहेको छ । मान्छे कम भइसक्यो । अहिले केही रुपमा जाडोको सामानहरुमा हाइनेक, ज्याकेट, टाउजरहरु बिकिरहेको छ । कपडाहरुको १०००-१२०० छ । ज्याकेट, कोट हाइनेको माग बढी छ । प्रत्येक वर्ष ग्राहक घटेको महुशस भएको छ । काम गर्ने मान्छेको पनि अभाव छ । बाहिरकै समानको माग बढी छ ।’

न्युरोडका कपडा व्यवसायी लक्ष्मण श्रेष्ठले पहिलेको तुलनामा व्यापार कम रहेको बताए। उनकाअनुसार देशमा अस्थीरता छाएका कारण व्यापारमा कमी आएको छ ।

व्यवसायी श्रेष्ठले भने–‘पहिलेको तुलनामा व्यापार कम छ । देशको अवस्था राम्रो नभएका कारण कम भएको होला । जाँडोलाई मध्यजनरमा राख्दै स्वीटर ज्याकेटहरु पसलमा राखिएको छ । विक्री ठिकै भइरहेको छ ।’

अर्का कपडा व्यवसायी अर्जुनराज शाक्यले व्यापारको अवस्था दिनप्रतिदिन घट्दै गएको बताए । जतिपनि लगाउने, खाने मान्छेहरु विदेश होमिदा व्यापारमा ठूलो असर परेको उनले बताए। उनकाअनुसार बुढाबुढीहरुले एकचोटी किनेपछि वर्षौंसम्म त्यही लगाउने भएकाले विक्रीमा सुस्तता आएको बताए । जाडोमा अहिले तातोसमानहरु चाहिने हुँदा उलनका कपडा, मखमल सलहरुको माग बढेको छ ।

व्यवसायी शाक्यले भने– ‘व्यापारको अवस्था दिनप्रतिदिन घट्दैछ । जतिपनि लाउने, खाने युवामहरु विदेशमा छन् । बुढाबुढीहरुले एकचोटी किनेपछि कमै किन्नुहुन्छ । जाडोमा अहिले तातोसमानहरु चाहिने हुँदा उलनका कपडा, मखमल सलहरुको माग बढेको छ । इण्डियन, चाइनिज कपडाहरु बेचिरहेका छौं । नेपाली समानमा त्यति क्वालिटी निकाल्न सकेकै छैन । त्यसैले विदेशी धेरै विक्री हुने गरेको छ ।’

उनकाअनुसार युवाहरुको सोचबाट नेपालमै राम्रो बन्ने थियो । तर उनीहरु विदेशमा होमिदा डिजाइन, फिनिसिङ नेपाली कपडामा छैन । जसकारण नेपाली कपडाहरुको विक्री गर्न कठिन रहेको शाक्यले बताए ।