यो प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, बेलायत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, अमेरिका, न्यूजील्याण्ड, स्कटल्याण्ड, युगाण्डा, नेदरल्याण्ड, नामिबिया र वेष्टइण्डिज गरि १५ देशका ४२ विदेशी खेलाडी प्रतिस्पर्धा गर्दैछन् । ती खेलाडीहरु हुन्ः

विराटनगर किंग्स
शुभम रन्जने – अमेरिका
जर्ज मन्सी – स्कटल्यान्ड
साम हेजलेट – अस्ट्रेलिया
फाफ डु प्लेसिस – दक्षिण अफ्रिका
मार्टिन गप्टिल – न्युजिल्यान्ड
मरकान्ट डी लाङ्ग – दक्षिण अफ्रिका
जनकपुर बोल्ट्स
लाहिरू मिलन्था –अमेरिका
लाहिरु समराकुन – श्रीलंका
संजय कृष्णमूर्ती —अमेरिका
जान निकोल लोफ्टी इटन – नामिबिया
वेन पार्नेल – दक्षिण अफ्रिका
इमरान ताहिर – दक्षिण अफ्रिका
चितवन राइनोज
डेविड मलान – इंग्ल्यान्ड
रवी बोपारा – इंग्ल्यान्ड
सोहेल तन्विर –पाकिस्तान
अल्पेश रामजनी – युगान्डा
सइब अली जइब – इंग्ल्यान्ड
काठमाण्डौ गोर्खाज
रिकार्डो भास्कोनेसेलोस – दक्षिण अफ्रिका
जेरहार्ड इरसमस –नामिबिया
मिलिन्द कुमार –अमेरिका
बेन चार्ल्सवर्थ –इंग्ल्यान्ड
सन्नी पटेल – अमेरिका
जोन सिम्पसन – इंग्ल्यान्ड
पोखरा एभेन्जर्स
ड्यान डाउथवेट – इंग्ल्यान्ड
रेमन्ड राइफर – वेस्ट इन्डिज
एडम रोसिङटम – इंग्ल्यान्ड
जिग्मी निसम –न्यूजील्याण्ड
लुम्बिनी लायन्स
गुलबादिन नैब – अफगानिस्तान
डार्शी सर्ट –अस्ट्रेलिया
थोमस ड्राका –इटाली
जजे स्मिट –नामिबिया
रुबेन ट्रम्पलमेन– नामिविया
कर्णाली याक्स
विल बोसिस्टो – अस्ट्रेलिया
म्याक्स ओ’डाउड –नेदरल्यान्ड्स
मार्क वाट –स्कटल्यान्ड
प्रियांक पन्चल – भारत
जयकिसान कोल्सावाला –भारत
नाजिवुल्लह जाद्रान –अफगानिस्तान
सुदूरपश्चिम रोयल्स
क्रिस लिन –अस्ट्रेलिया
स्कट कुगेलेइन – न्युजिल्यान्ड
हर्मित सिंह –अमेरिका
जोस ब्राउन – अस्ट्रेलिया
नेपाल क्रिकेट संघ (क्यानले) एनपियल खेल्न नेपाली खेलाडीको पारिश्रमिक २ लाखदेखि २२ लाख रुपैयाँसम्म तोकेकाे छ। तर विदेशी खेलाडीहरूको पारिश्रमिक भने न फ्रेन्चाइज टोलीहरूले सार्वजनिक गरेका छन्, न त नेपाल क्रिकेट संघ (क्यानले) ले चासो देखाएको छ। गत सिजन भारतका शिखर धवनले एक खेलका लागि ४० लाख रुपैयाँमा सम्झौता गरेका थिए । यो वर्ष पनि एनपीएल खेल्ने कतिपय विदेशी खेलाडीहरु केही खेल मात्रै खेलेर स्वदेश फर्किन सक्ने बताइएको छ । तर, तिनीहरु कसैको पनि तलव सुविधा उल्लेख गरिएको छैन । तर, क्यान निकट स्रोतले दिएको जानकारी अनुसार विदेशी खेलाडीको तलव, सुविधासहित नेपाल बसाइ अवधिको खर्चलाई जोड्दा औसतमा प्रति खेलाडी ३५ लाख रुपैंयाभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । यो आधारमा झण्डै १५ करोड रुपैयाँ विदेशी खेलाडीको लागि खर्च गरिदैंछ ।
स्मरण रहोस् इण्डियन प्रिमियर लिग (आईपीएल)मा स्वदेशी, विदेशी सबै खेलाडीको छनौट बोलकबोल (Auction) मा गरिन्छ र खेलाडीले पाउने रकम पारदर्शी हुन्छ । तर एनपीएलमा भने खासगरि विदेशी खेलाडीको अनुवन्धलाई गोप्य राखिन्छन्। फ्रन्चाइज टोलीहरुले विदेशी खेलाडीहरूलाई फ्रेन्चाइजीले खेलाडी र एजेन्टसँग सीधै व्यक्तिगत सम्झौता गरेर ल्याउँछन्। सार्वजनिक लिलामी नहुने हुनाले यो एक गोप्य व्यापारिक सम्झौता (Commercial Contract) बन्न पुग्छ।
एनपीएल भरखर शुरु भएको र अहिले नै विदेशी खेलाडीका सेवा सुविधाहरु सार्वजनिक गर्दा त्यसको नकारात्मक प्रभाव पर्न सक्ने आशंकाले गोप्य राख्ने गरिएको अधिकारीहरु बताउँछन् । ‘एनपीएललगायतका विदेशी क्लवहरुले जस्तो धेरै रकम तिर्न नसकिने भएकोले खेलाडीहरुलाई व्यक्तिगत सम्वन्धको आधारमा थोरै थोरै रकममा अनुबन्ध गर्नुपर्ने वाध्यता छ । थोरै रकम हुने भएकोले विदेशी खेलाडीहरुले पनि आफूसँगको सम्झौता रकम उल्लेख नगरिदिन अनुरोध गर्ने गरेका छन् । त्यसैले उनीहरुसँगको अनुवन्ध रकम गोप्य राख्नु परेको हो,’ क्यानका एक पदाधिकारीले मेरो लगानीसंग भने ।