नेप्से पुनसंरचना गर्न समिति गठन गर्ने र जेनजी आन्दोलनका २४ सय २९ घाइतेलाई जनही १५ हजार राहत दिने मन्त्रिपरिषद्को निर्णय

Nov 18, 2025 05:00 PM merolagani



मन्त्रिपरिषद्को बैठकले नेप्से पुनसंरचना गर्न समिति गठन गर्ने र जेनजी आन्दोलनका २४ सय २९ घाइतेलाई जनही १५ हजार राहत दिने निर्णय गरेकाे छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेको हाे ।

यस्तै, बैठकले नेपाल स्टक एक्स्चेन्स लिमिटेडको पुनसंरचना गर्न आवश्यक अध्ययन गरि सुझाव पेश गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

 

यस्तै, सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । भने प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिव ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २ दशलमव १ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।