एनपीएलः यस्तो छ आजको दुई खेलको तालिका

Nov 27, 2025 08:56 AM Merolagani



मंसिर ११ गते बिहीबार, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेल हुँदैछ। आजको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम बीच हुनेछ भने दोस्रो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सको सामना गर्नेछ।

यस संस्करणमा हालसम्म अपराजित रहेको सुदूरपश्चिम तीन खेलमा ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। तीन खेलमध्ये दुई खेलमा पराजित भएको लुम्बिनी २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ। सुदूरपश्चिमले आफ्नो विजयी यात्रालाई निरन्तरता दिन खेल्नेछ भने लुम्बिनी आफ्नो दोस्रो जितको खोजीमा छ।

दुई खेल खेलेका जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले हालसम्म कुनै खेलमा जित निकाल्न सकेको छैन। यी दुबै टोली अंकतालिकाको पुछारमा छ। आफ्नो पहिलो जितको लागि यी दुबै टोलीले आज खेल्नेछन्।