९ कम्पनीको शेयरमूल्य समायोजन

Jan 02, 2026 06:35 AM Merolagani



पुस १८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९ कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

यस दिन नेप्सेमा स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, मेरो माइक्रोफाइनान्स, अपि पावर, ग्लोबल आइएमई लघुवित्त, कालिका पावर, हिमालयन लघुवित्त र युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। आगामी आइतबार यही समायोजित मूल्यका आधारमा दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।