युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Feb 27, 2026 06:54 AM Merolagani



फागुन १५ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते, एक दिनका लागि बुकक्लोज गर्दैछ।

बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन इन्स्योरेन्सको १० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४३१ रुपैयाँ ६४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ४६४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार इन्स्योरेन्सले १०० कित्ता शेयर बराबर १० कित्ताको अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। इन्स्योरेन्सको २०८१ असार ३० गते सम्पन्न ३१ औँ वार्षिक साधारण सभाले १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।