ललितपुर महानगर जे बोल्छ, त्यो पूरा गर्छः चिरिबाबु महर्जन

Dec 05, 2025 03:56 PM Merolagani



ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाहरु भन्दा राम्रो काम गरेको दावी गरेका छन् । २२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दाबी समेत गरे । आफूले बोलेका सबै कुराहरु पूरा हुने गरी काम गरेको उनको जिकिर थियो । मेयर महर्जनले राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले वर्ष २/३ वटा भन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको समेत उल्लेख गरे। उनले सबै भन्दा राम्रो काम गरेको भनेर पहिचान दिलाउने काममा मातहतका निकायको महत्वपूर्ण भुमिका रहेको भन्दै आभार समेत व्यक्त गरे ।

मेयर महर्जनले भने, ‘हामीले गरेका कामको स्तरको निर्धारण हामी आफैँले गरेको होइन । तर आम नेपाली दाजुभाई दिदीबहिनीहरु चाहे त्यो पूर्वमेचीको किन नहोस्, चाहे त्यो पश्चिम महाकाली किन नहोस् । ललितपुर महानगरपालिका भन्नसाथ साह्र्रै राम्रो काम गर्ने पालिका हो भनेर सबका सब चिनिन्छ । अब यसमा स्वास्थ्य क्षेत्रमा काम गरेको कामको निमित्त म तपाईहरुलाई क्रेडिट दिन चाहन्छु । हामी चुनावमा जितेर आएका व्यक्तिहरु स्वास्थ्य क्षेत्रमा हाम्रो विज्ञता छैन । तपाईले जे भन्नुहुन्छ, जे सुझाव दिनुहुन्छ । ती सुझावहरु हामीले ग्रहण गर्छौ । कार्यान्वयन गर्छौ । तसर्थ तपाईहरुले दिनुभएको सुझाव, तपाईहरुले गर्नु भएको कन्ट्रिव्युशन, तपाईहरुको जुन एक किसिमको लगनशीलता छ । त्यसको नतिजा हो यो । हामी ललितपुर महानगरपालिकाले प्रत्येक वर्ष २-३ वटा राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्दै आईरहेका छौँ । अस्तीको दिनमा मात्रै संघीय सरकारले अपांगताको क्षेत्रमा सबै नगरपालिका भन्दा राम्रो काम गरेको भन्दै हामीलाई पुरस्कृत गरेको छ । यो पुरस्कारहरु पाउनु भनेको पनि टिम वर्कको परिणाम हो । हामी जसरी सफलीभुत भईरहेका छौ । यसका लागि पनि यहाँहरुलाई हार्दिक हार्दिक धन्यवाद गर्न चाहेँ । हामी जे बोल्छौ, त्यो पूरा गर्छौँ ।’

मेयर महर्जनले टिम वर्कमा काम गरेको हुनाले ललितपुर महानगरपालिकाले एक पछि अर्को सफलता हासिल गर्दै गएको पनि बताए।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।