उनले देश, जनता र पार्टीका सर्मथक, सुवेच्छुकहरुको भावना बुझेर नेतृत्वबाट विदा लिनुपर्ने बताए । ओलीले नेतृत्वबाट बिदा लिएमा सम्मान बढ्ने उनको दाबी छ । नेतृत्वबाट बिदा लिएमा ओलीले गरेका महत्वपूर्ण योगदानलाई जनताको बीचमा स्थापित गर्न सकिने उनले बताए । ओलीले बिदा नलिएमा भने सिंगो पार्टी र कम्युनिष्ट आन्दोलन नै समाप्त हुने उनको भनाई छ । उनले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले नेतृत्व मात्रै चयन नगरी कम्युनिष्ट आन्दोलनको दिशा समेत तय गर्नेहुँदा स्वस्थ र स्वच्छ प्रतिस्पधौ हुनुपर्ने बताए।
उनले भने, ‘११ औँ राष्ट्रिय महाधिवेशनमा स्वस्थ हुनुपर्छ, प्रतिष्पर्धा । प्रतिस्पर्धा गर्नुभन्दा अगाडी, प्रतिष्पर्धाको पक्षमा त छौँ छौँ तर अहिले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले हामी सबैको भावना बुझेर देशको भावना बुझेर, हाम्रा सर्मथक, सुभेच्छुकहरुको भावना बुझेर उहाँले बिदा लिनुपर्छ । उहाँ विदा हुनुभो भनेपछि उहाँको सम्मान बढ्नेछ । उहाँले गर्नुभएको योगदानलाई पनि हामी फेरि पनि जनताको बीचमा स्थापित गर्न सक्नेछौँ । होईन भने सिंगै पार्टी र आन्दोलन उहाँको व्यक्तिगत चाहना र ईच्छामा समाप्त गर्ने दिशातर्फ जाँदैछ । यसलाई जोगाउनपर्छ भनेर व्यापक रुपमा अहिले ठूलो आवाज उठेको छ ।’
उनले केपी ओलीको सान्दर्भिकता अब पार्टीमा सक्किएको दोहोर्याए । केही भजनमण्डलीहरु तयार पारेर आफूबाहेक अरु कोही सक्षम छैन भन्ने प्रचार नगर्न पनि उनले आग्रह गरे ।