हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न चिरख्वा हाइड्रोपावरको बोलायो साधारण सभा

Dec 10, 2025 09:58 AM Merolagani



चिरख्वा हाइड्रोपावर लिमिटेड (CKHL) ले पुस २३ गते, बुधबार, कुण्डलिनी रोयल्स, जोरपाटी, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले हकप्रद निष्काशनसम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, उपयुक्त आयोजनाको पहिचान गरी लगानी अथवा विकास गर्ने, कम्पनीको ऋण भुक्तानी गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।