प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Dec 14, 2025 10:53 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १.६६ अंक घटेर २६०७.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३२ अंक घटेर २६०७.०५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ४८ स्टकको ८१ पटकको कारोबारमा ७३ लाख ८१ हजार १८५ रुपैयाँ ९० पैसाबराबरको १४ हजार ४०१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।