सुन र चाँदीको मूल्यमा दैनिक गिरावट

Jan 01, 2026 10:57 AM Merolagani



बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट भएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला एक हजार ४०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको हो। सुन र चाँदी निरन्तर तेस्रो दिन भारि गिरावट भएको हाे ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो तीन दिनदेखि सुनको मूल्य निरन्तर रुपमा घटिरहेकाे छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको हो। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँमा खरिद–बिक्री भएको थियो।