नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
