सुनको मूल्य घट्यो, चाँदी नयाँ उचाईमा

Jan 07, 2026 11:04 AM Merolagani



पुस २३ गते, बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेर रेकर्ड ब्रेक गरेको छ । सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । आजको बजारमा चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । चाँदीको मूल्यले गत पुस १४ गते कायम तोलको ४ हजार ९३५ रुपैयाँको मूल्य मूल्यलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो । मंगलबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।