सुन तीन लाख ६ हजार ८०० रुपैयाँमा काराेबार,चाँदीकाे मूल्य कति ?

Aug 18, 2026 11:14 AM Merolagani



भदौ २ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ । यस दिन सुन सोमबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भएको हो भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा चाँदी प्रतितोला चार हजार ७७० रुपैयाँमा कारोबार भएको थियो।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।