भदौ २३,२४ को जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । त्यसको ४ महिना पनि नपुग्दै उनले राजीनामा दिएका छन् ।
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद बैठकमा राजनीतिक दलमा जोडिएका मन्त्रीहरुलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । घिसिङ रास्वपाको उपाध्यक्ष बनिसकेको चर्चा चले पनि उनले भने आफू कुनै दलको सदस्य नभएको दावी गर्दै आएका थिए ।
घिसिङकाे रास्वपाबाट काठमाडौं ३ बाट उम्मेदवारी दिने तयारी छ । निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिने घिसिङले बताउँदै आएका थिए । तर, रास्वपासंग पार्टी एकिकरण गरिसके पनि भागवण्डा कुरा मिलिसकेको छैन । कुलमान निकटका नेताहरु सम्मानजनक एकता नभए रास्वपा छोडेर पूर्व सचिव अनुप उपाध्यायको अध्यक्षतामा गठित उज्यालो नेपाल पार्टीबाट राजनीति गर्न सक्ने दावी गर्दै आएका छन् ।
