यसअघिका अध्यक्ष नारायण दत्त तिमिल्सिनाले गत पुस २२ गते आफ्नो पद र सञ्चालक सदस्यबाट दिएको राजीनामा पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो। सोही बैठकले कम्पनीका ज्येष्ठ सञ्चालक राधेश्याम खड्कालाई बाँकी कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीले यस परिवर्तनका बारेमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रमार्फत औपचारिक जानकारी गराइसकेको छ। नवनियुक्त अध्यक्ष खड्काले अब कम्पनीको नेतृत्व सम्हाल्नेछन्।