सिडिएस एण्ड क्लियरिङ लिमिटेडको पछिल्लो तथ्याङ्क अनुसार, विजय लघुवित्तको ४ लाख ६६ हजार ८ सय १७ कित्ता एफपिओका लागि २० लाख ७० हजार १ सय ९३ जना आवेदकबाट कुल २ करोड ४१ लाख २३ हजार ८ सय कित्ताका लागि आवेदन परेको छ। यो माग गरिएको कित्ताको तुलनामा ५१.६८ गुणा बढी हो। यस निष्कासनको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, सुपर खुदी हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओमा पनि राम्रो आवेदन परेको छ। १ लाख ५५ हजार कित्ता सेयर निष्कासन गरिएकोमा ६६ हजार ३१ जना आवेदकबाट ९ लाख ७८ हजार ८ सय ८० कित्ताका लागि आवेदन परेको छ।
यो मागभन्दा ६.३१ गुणा बढी आवेदन हो। यो निष्कासन पुस २५ गतेसम्म खुल्ला रहनेछ। यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
पछिल्लो समय शेयर बजारमा देखिएको उत्साहका कारण प्राथमिक र थप सार्वजनिक निष्कासनहरूमा लगानीकर्ताहरूको उल्लेख्य सहभागिता देखिन थालेको छ। विजय लघुवित्तको एफपिओमा ठूलो सङ्ख्यामा आवेदन परेकाले गोला प्रथाबाट १० कित्ताका दरले शेयर बाँडफाँट गरिने निश्चित देखिएको छ।