भेनेजुएलाका राष्ट्रपति दम्पत्तिलाई अमेरिकाले नियन्त्रण लिएकाे बिषयमा बोल्याे नेपाल, भन्याे-संयम अपनाउ

Jan 08, 2026 12:20 PM merolagani



भेनेजुएलाका राष्ट्रपति दम्पत्तिलाई अमेरिकाले नियन्त्रण लिएकाे बिषयमा नेपालले आफ्नाे धारणा सार्वजनिक गरेकाे छ । नेपालले अमेरिका र भेनेजुएलाबीचकाे तनाव बारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो ।विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान आवश्यक रहेकोमा नेपालले जोड दिएको छ ।

 

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासत राखेपछि दुई देशबीच तनाव बढेको छ । विभिन्न मुलुकहरुले यस घटनालाई लिएर चासो र चिन्ता व्यक्त गरिरहेका छन् ।

 




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।