‘निर्वाचन प्रहरी’ को भर्ना प्रक्रिया शुरु

Jan 09, 2026 04:40 PM merolagani



आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकारले सुरक्षा तयारीलाई तिब्रता दिएको छ ।

 नेपाल प्रहरीले शुक्रवारदेखि देशभर ‘निर्वाचन प्रहरी’ (साविकको म्यादी प्रहरी) को भर्ना प्रक्रिया शुरु गरेको हो । प्रहरी प्रधान कार्यालयकाअनुसार निर्वाचन सुरक्षाका लागि कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने लक्ष्य राखिएको छ ।

जसमध्ये नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी बलले १५ हजार ११० जनाको कोटा पाएको छ । गृह मन्त्रालयको स्वीकृतिपछि नेपाल प्रहरीले पुस २५ गतेदेखि नै आवेदन खुला गरेको हो । देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा इच्छुक उम्मेदवारहरूको लाम लाग्न थालेको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रहरी परिसर र उपत्यका बाहिरका सबै जिल्ला प्रहरी कार्यालयमा स्वयं उपस्थित भएर आवेदन बुझाउन सकिने व्यवस्था मिलाइएको छ । आवेदन दिने अन्तिम मिति माघ १ गतेसम्म तोकिएको छ । सार्वजनिक बिदाको दिनमा पनि फारम बुझाउन सकिने प्रहरीले जनाएको छ ।

निर्वाचन प्रहरी बन्न १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । शैक्षिक योग्यता साधारण लेखपढ गर्न जान्ने भए पुग्छ । उम्मेदवार कुनै राजनीतिक दलको सदस्य नभएको, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेको र शारीरिक–मानसिक रूपमा तन्दुरुस्त हुनुपर्छ । भर्ना प्रक्रिया धमाधम अघि बढेसँगै निर्वाचनको माहोल देशभर तात्न थालेको छ




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।