सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत उनले आफू नै भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गर्दै आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भनेर उल्लेख गरेका हुन् ।
ट्रुथ सोसलमा सेयर गरिएको पोस्टमा भेनेजुएलाको हालैको घटनाक्रमपछि ट्रम्पलाई कार्यवाहक राष्ट्रपतिका रूपमा देखाइएको डिजिटल रूपमा सम्पादित एउटा तस्बिर देखिन्छ ।