अब काँग्रेसको सभापति शेखर कोईराला हो, विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुन्छः सुनिल शर्मा

Jan 12, 2026 12:14 PM merolagani



नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले जारी नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट नीति मात्रै पारित हुने दाबी गरेका छन् । सोमवार काठमाडौंमा डा. शेखर कोईराला पक्षधरहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

आईतवारबाट नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेकाे विशेष महाधिवेशन अहिले भृकुटीमण्डपमा जारी छ । तर संस्थापन पक्षसहितका शिर्ष नेताहरु महाधिवेशनमा सहभागी छैनन् । यता डा. कोईराला पक्षधर नेताहरुले भने छुट्टै भेला गरेका छन् ।

उनीहरुले पार्टी फुट्न दिन नहुने भन्दै कोईरालालाई पहल गर्न आग्रह गरेका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा शर्माले पार्टी नफुटोस् भन्ने सबैको चाहना रहेको बताए । शेखर कोईरालाले आत्मसमर्पण गर्नुभयो भन्ने भ्रम फैल्याइएको भन्दै पार्टी फुट्न नदिन दुवै पक्षका नेताहरुसँग आफूले पहल गर्ने कोईरालाले बताउनुभएको जानकारी दिए । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने माग शेखर कोईराला पक्षको रहेकाले आफूहरुको माग हाइज्याक भएको बताए ।

उनले भने, ‘पार्टी नफुटोस् भन्ने नै हो । पार्टी फुटको संघारमा रहेकाले त्यो नफुटोस् भन्ने नै हो । शेखर कोईरालाले आत्मसमर्पण गरे भन्ने ढंगले बाहिर लगिएको छ । पार्टी नफुट्ने लाइनमा सबैलाई आग्रह गर्ने कुरा भएको छ । एउटा समाधान निकालेर पार्टी फुट्न नदिन आग्रह गर्ने कुरा भएको छ । हामी पार्टी फुट्न दिनु हुँदैन भन्ने लाइनमा छौँ । नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्छ भन्ने एजेण्डा हाम्रै हो । बीचमा हाइज्याक भएको हो । समयमा अधिवेशन हुनुपर्छ भनेर हाम्रो टिमले भन्दै आएको हो । अधिवेशनको एजेण्डा त हाम्रै हो नि ।’

उनले डा. शेखर कोईराला काँग्रेसको सभापति बन्ने तर विशेष महाधिवेशनबाट नीति मात्रै पास हुने दाबी गरे । वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट कोईराला काँग्रेसको सभापति बन्ने बताए ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।