कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्रमा महामन्त्री शर्माले प्रस्तुत गरे 'वान, टु, थ्री र फाेर' काे फर्मूला

Jan 12, 2026 12:40 PM merolagani



नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सुरु भएको छ । भृकुटीमण्डपमा केहीबेर अघि सुरु बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरिरहेका छन् ।

बन्दसत्रमा महामन्त्री  शर्माले पार्टी र राज्य सञ्चालनको परम्परागत शैली बदल्ने गरी आफ्नो प्रस्ताव पेस गरेका छन् । ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दै महामन्त्री शर्माले उनकाे बहुचर्चित 'वान, टु, थ्री र फाेर'काे  फर्मूला पेश गरेका छन्। यसलाई व्यवहारमा अनुशरण गर्दा त्यसले नेतृत्वमा आगमन र बहिर्गमनको भिन्न प्रणाली बस्ने उनकाे तर्क छ ।

उनकाे प्रतिवेदनमा एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीनपटकसम्म मन्त्री र चारपटक साँसद हुन पाउने प्रस्ताव छ ।

बन्दसत्रको अध्यक्षता अठासी बर्षीय श्यामकुमार खड्काले गरेका छन् ।

बिश्वप्रकाशकाे प्रतिवेदन यस्ताे छ 





सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।