काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा बोल्दै उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पनि सरकारलाई सचेत गराए ।
महामन्त्री थापाले भने,‘नेपाली काँग्रेस पार्टी फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनुपर्छ भन्ने मान्यता राख्छ । र भव्यताका साथ नेपाली काँग्रेस पार्टी यो निर्वाचनलाई सफल बनाउने कुरामा आफनो भुमिका निर्वाह गर्दछ । हामी निर्वाचनमा सोहीअनुसार सहभागी हुन्छौँ भन्नेकुरा यहाँ राखेको छु ।’
महामन्त्री थापाले निर्वाचन प्रणालीमा सुधारको आवश्यकतामा पनि जोड दिए।