अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल र राष्ट्रपति ट्रम्प बीचको विवाद उत्कर्षमा, आफूलाई पक्राउ गर्ने तयारी गरिएको पावेलको दावी

Jan 12, 2026 03:24 PM mero lagani



संयुक्त राज्य अमेरिकामा केन्द्रिय बैंकका गभर्नर (फिडरेल रिजर्भका अध्यक्ष) जेरोम पावेल र राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको विवाद उत्कर्षमा पुगेको छ । विवादकै क्रममा आफूलाई पक्राउ गर्ने तयारी गरिएको पावेलले दावी गरेका छन् । 

 

गत वर्ष आफू राष्ट्रपति निर्वाचित भएदेखि ट्रम्पले पावेललाई राजीनामा दिन दबाब दिँदै आएका छन् । तर, उनले न ब्याजदर कटौती गर्न ट्रम्पले दिएको आदेशको कार्यान्वयन गरेका छन्, न त राजीनामा नै दिएका छन् । हटाउने अनेक प्रयासहरु गर्दा पनि सफल नभएपछि अहिले ट्रम्पले अमेरिकी न्याय विभागलाई फेडका अध्यक्ष जेरोम पावेलमाथि आपराधिक अनुसन्धान सुरु गर्न आदेश दिएका छन् ।

पावेलले न्याय विभागले आपराधिक अभियोग लगाउने भन्दै पटक पटक आफूलाई धम्की दिएको बताएका छन् । ‘म हाम्रो लोकतन्त्रमा विधिको शासन र जवाफदेहीताप्रति गहिरो सम्मान गर्दछु। कोही पनि होइन, निश्चित रूपमा फेडरल रिजर्भको अध्यक्ष कानूनभन्दा माथि छैन, तर यो अभूतपूर्व कार्यलाई प्रशासनको धम्की र निरन्तर दबाबको व्यापक सन्दर्भमा हेर्नु पर्छ,’ उनले भनेका छन् ।

ट्रम्पले यसअघि अमेरिकी केन्द्रीय बैंकका संचालक तथा पावेलका निकट सहयोगी लिसा कुकलाई निशाना बनाएका थिए । उनले कथित धितो छलीको आरोपमा लिसालाई बर्खास्त गर्ने प्रयास गरेका थिए । यो मुद्दालाई अमेरिकी संघीय अदालतले रोक लगाएको थियो र सर्वोच्च अदालतले यसै महिनाको अन्त्यमा सुनुवाई गर्ने भएको छ ।

ट्रम्पको न्याय विभागले सन् २०२४ मा ट्रम्पविरुद्ध नागरिक धोखाधडीको मुद्दा ल्याउने न्यूयोर्क महान्यायाधिवक्ता लेटिटिया जेम्स जेम्स र पूर्व फेडरल ब्युरो अफ इन्भेस्टिगेसनका प्रमुख जेम्स कोमी जस्ता राजनीतिक प्रतिद्वन्द्वीहरूविरुद्ध ल्याएको आपराधिक आरोपहरू पनि अदालतले खारेज गरेको छ । कोमीमाथि झुटो बयान दिएको र न्यायमा अवरोध पुर्याएको आरोप लागेको थियो । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपको छानबिनको नेतृत्व गरेपछि उनलाई पहिलो कार्यकालमा ट्रम्पले बर्खास्त गरेका थिए। कोमी र जेम्स दुवैले आफ्नो निर्दोषता कायम राख्दै अभियोजन राजनीतिक रूपमा आरोपित भएको बताएका छन्।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।