"पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु," विज्ञप्तिमा भनिएको छ ।
खड्काले २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनले सहज रूपले नेतृत्व परिवर्तन गर्न सकिने अवस्था भएको भन्दै अहिले प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरेका छन् ।
"प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदै छ," खड्काले भनेका छन्, "तसर्थ, अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ ।"
