सिद्धार्थ केबलकारको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

Jan 14, 2026 02:00 PM Merolagani



सिद्धार्थ केबलकारको तेह्रौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। उक्त सभाले आईपीओ जारी गर्ने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको कम्पनीले जनाएको छ।

कम्पनीको परियोजना रहेको स्थान नुवाकोटगढी वीर नेपालीले अंग्रेजलाई परास्त गरेको ठाउँ हो। साथै सोही स्थानमा भगवान गौतमबुद्धको कुलगुरुको प्राचीन आश्रम रहेको विभिन्न बौद्ध धर्मग्रन्थमा उल्लेख छ। बुटवलस्थित सो कम्पनीले गत आर्थिक वर्षमा ८ करोड सञ्चालन मुनाफा आर्जन गरेको थियो भने आगामी वर्ष उच्च मुनाफा गर्ने आंकलन गरेको छ।

कम्पनीमा बुटवलका स्थानीय उद्यमी ई. राजेन्द्र सिंह गुरुङ अध्यक्ष र प्रबन्ध सञ्चालकमा व्यवसायी प्रभुलाल अधिकारी रहेका छन्। कम्पनीको मुख्य लगानीकर्तामा प्रभु केबलकार एन्ड टुरिजम, प्रभु ग्रुप, बुटवल क्षेत्रका व्यवसायी, उच्च राजनीतिक नेतृत्वलगायत स्थानीयको लगानी छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।