ऋण प्रवाह नबढ्दा साढे १७ प्रतिशतले खुम्चियो वाणिज्य बैंकको नाफा

Jan 14, 2026 03:01 PM Merolagani



चालु आवको ५ महिनामा वाणिज्य बैंकहरुको नाफा साढे १७ प्रतिशतले घटेको छ । गत वर्षको मंसिर महिनासम्म ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको मंसिरसम्म आउँदा १७.५७ प्रतिशतले घटेर २५ अर्ब ७२ करोड ८ लाख रुपैयाँमा आइपुगेको छ ।

निक्षेप क्रमिक रुपमा बढदै जानु तर त्यही मात्रामा ऋणको माग नहु्नु तथा गएको ऋणको साँवा ब्याज भुक्तानीमा समस्या हुँदा खराब ऋण बढ्दै जाँदा नाफा सकुचित हुँदै गएको हो । मंसिर महिनामा ६ वटा वाणिज्य बैंकको मात्रै नाफा वृद्धि भएको देखिएको छ । कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र माछापुच्छ्रे बैंक गरी ५ वटा बैंकको  नाफामा वृद्धि देखिएको हो ।

कृषि विकास बैक गत वर्ष मंसिरसम्म ३५ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेकोमा चालु आवको मंसिरसम्म आउँदा ४१ करोड ७२ लाख रुपैयाँ नाफामा छ । राष्ट्रिय वाणिज्य बैंककाे गत वर्षको मंसिरमा ८६ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको मंसिरसम्म आइपुग्दा २०.९१ प्रतिशतले वृद्धि भई १ अर्ब ९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सानिमा बैंककाे ९० करोड ४१ लाख रुपयाँ खुद मुनाफा गरेकोमा चालु आवको मंसिरसम्ममा १ अर्ब ६ करोड २९ लाख रुपैयाँ खुद मुनाफा पुगेको छ । ग्लोबल आईएमई बैंकले १२.०४ प्रतिशतले नाफा वृद्धि गरेर ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ पुर्याउँदा सिद्धार्थले १ अर्ब र माछापुच्छ् बैंकले ८४ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा गरेका छन् ।

प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफामा गिरावट सिटिजन्स बैंकको रहेको छ । बैंक गत वर्षको मंसिरमा ६९ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा चालु आवको मंसिरमा यो १८५.०९ प्रतिशतले घटेर २४ करोड ३८ लाख रुपैयाँ आइपुगेको छ । त्यस्तै नेपाल बैंकको नाफा १५६.७१ प्रतिशतले घटेर ५९ करोड ५ लाख रुपैयाँमा सिमित भएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १०२.१३ प्रतिशतले घटेर १ अर्ब २३ करोड २४ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै लक्ष्मी सनराइज बैंक ७७.०६ प्रतिशत, प्रभु बैंक, ५७.४८ प्रतिशत, नेपाल एसबीआई बैंक ४९.०७ प्रतिशत, कुमारी बैंक ३०.७२ प्रतिशत, हिमालयन बैंक १८.१६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक १८.१२ प्रतिशत, एनएमबी बैंक, १५.१४ प्रतिशत, नबिल बैंक १२.१८ प्रतिशत, एनआईसी एसिया बैंक ६.५४ प्रतिशत, एभरेष्ट बैंक २.२९ प्रतिशत र प्राइम कमर्सियल बैंक २.२३ प्रतिशत नाफामा गिरावट आएको तथ्यांक सार्वजनिक भएको छ ।

चालु आवको मंसिर मसान्तसम्ममा १३ वटा बैंकको नाफा १ अर्ब नाघेको छ । सबैभन्दा धेरै नाफा ग्लोबल बैंकले ३ अर्ब २२ करोड रुपैयाँ कमाउँदा दोस्रो नबिल बैंकले ३ अर्ब ११ करोड रुपैयाँ कमाएको छ । यता प्राइम कमर्सियल बैंकले १ अर्ब ९२ करोड, एभरेष्ट बैंकले १ अर्ब ८९ करोड, एनएमबी बैंकले १ अर्ब ६५ करोड, कुमारी बैंकले १ अर्ब ५२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २३ करोड, प्रभु बैंकले १ अर्ब १६ करोड, हिमालय बैंकले १ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९ करोड, सानिमा बैंकले १ अर्ब ६ करोड तथा सिद्धार्थ बैंकले १ अर्ब रुपैयाँ मुनाफा गरेका छन् । लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ् बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक, कृषि विकास बैंक र सिटिजन्स बैंकको नाफा १ अर्ब भन्दा मुनि रहेको छ । सबैभन्दा कम नाफा सिटिजन्सले २४ करोड ३८ लाख रुपैयाँ कमाएको छ ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।