बजेट, मौद्रिक नीति लगायतमा सहज नीतिलाई प्राथमिकता दिइयो । निरन्तर घट्दो ब्याजदर, कम्पनीले वितरण गरेका प्रतिफललगायतका बिषयहरुमा बजारको कुनै प्रतिकृया रहेन । बजार बढ्ने विश्वास गर्नेहरु पर्खेको पर्खेई छन् । लगानीकर्ताले प्रष्ट रुपमा बजार बढेको महसुस गर्न सकेनन् ।
रानीतिक घट्ना क्रमकै कारण लगानीकर्ताको मनोबल घटेको तर्क आउने गरेको थियो । तर मुलुकमा निर्वाचन माहोल बन्दैछ । सरकार निर्वाचन गराउने तयारी लागेको छ । राजनीति दलहरुले उम्मेदवारी दर्ता प्रकृयालाई तिब्रता दिएका छन् । राजनीतिक स्थिरताको वातावरण बन्दै गर्दा बजारले छिट्टै राम्रो उचाई कायम गर्ने अधिवक्ता तथा लगानीकर्ता कञ्चनकृष्ण न्यौपानेको भनाइ छ । तीनै न्यौपानेसँग सुधा देवकोटाले गरेको कुराकानीः
शेयर बजार लामो समयदेखि साईडवयजमा छ । बजार बढ्न खोजेको छ । तर लगानीकर्ताले महसुस गरेका छैनन । बजारको यो स्वरुप कस्तो हो ?
शेयर बजारको घट्बढ्काे चक्र र अन्य व्यवस्थाहरुलाई हेर्दा बढ्नु पर्ने हो । अहिलेको बजार नबढ्नुमा राजनीतिक वातावरण अनुकल नहुदाँ केहि सुस्त भएको हो । पछिल्लो समय राजनीति घटना भए । राजनीति नै तरल अवस्थामा छ । चुनाव हुने वा नहुनेमा अन्योलता थियो । तर पछिल्ला दिनमा चुनाव हुने भएको छ । मुलुक चुनावी प्रकृयामा छ । ठूला राजनीतिक दलहरु पनि चुनाव केन्द्रित गतिविधिहरु गर्दै गएका छन् । पुस मसान्तमा पनि शेयर बजार घटेको छैन् । मसान्तमा पनि बजार स्थिर हुनुले बजार बढ्ने तयारीमा छ भन्ने कुराको संकेत गरेको छ ।
अब बजार नबढ्नु पर्ने कुनै कारण छैन । सरकार लगानीकर्ता सबै पक्षहरु बजार प्रति सकारात्मक छन् । बजार सम्बन्धी नीतिगत व्यवस्थाहरु सहज भएका छन् । ब्याज दर सस्तो छ । बैंकसँग पर्याप्त पैसा छ । बैंकमा पर्याप्त तरलता हुँदै गर्दा शेयरको मूल्य पनि सस्तो भएको अवस्था छ । राजनीतिक घट्ना क्रमले गर्दा लगानीकर्ताको मनोवल बढ्न सकेको थिएन । अब चुनाव हुने भएपछि लगानीकर्ताहरु विश्वस्त हुन थालेका छन् । अहिलेको बजार लगानी गर्न अत्यान्त अनुकुल छ ।

शेयर बजारले भविष्य पहिले नै थाहा पाउछ भन्ने गरिन्छ । तपाईको कुराबाट बजारमा बढ्ने नै देखियो । तर बजार अझै उत्साहित भएन नि किन ?
बजारले पुस मसान्तको दबाब महसुस गरेको छैन् । सूचक ठूलो अंकको वृद्धि नभएपनि स्थिर भएको छ । बजार नघटेर स्थिर रहनु नै सकारात्मक हो । अहिलेको परिस्थितीमा धेरै लगानीकर्तालाई मसान्तको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो विन्दुमा बजारमा देखिएको सम्भावनाले केही दिनको अन्तरालमा नै राम्रो गति समाउने सम्भावना छ । शेयर बजारले राजनीति र आर्थिक घटना क्रमहरु भोगेको छ । त्यस्ता अराजक गतिविधिहरु न्यून भएका छन् । अब हुँदै गरेको चुनावले यो राजनीतिलाई निकास दिने छ ।
जेनजी आन्दोलन पछि राजनीतिक माहोल परिवर्तन भएको छ । युवाहरु राजनीतिमा आकर्षित भएका छन् । बैकल्पिक राजनीतिको उदय भएको छ । पुराना राजनीति दलहरुमा पनि आन्तरिक सुधारको दबाब बढेको छ । यो सबै परिस्थितीलाई हेर्दा समग्र अवस्था सुधारात्मक छ । अहिले लगानीकर्तासँग पैसा नभएर लगानी नबढेको होइन । मनोवैज्ञानिक रुपमा त्रासले बजार नबढेको हो । अब डराउनु पर्ने अवस्था छैन् । यस्तो बेलामा बजारले पनि नयाँ सम्भावना देखाएको छ । बजारले विस्तारै बढ्दो माहोल समाउने छ र छिट्टै उचाई कायम गर्ने अनुमान गर्न सकिन्छ ।
यो अवस्थामा लगानीकर्ताको लगानी रणनीति कस्तो छ ?
अहिलेको बजारका ठूला लगानीकर्ताहरुले राजनीतिर चुनावी माहोललाई मध्यनजर गरेका बसेका छन् । ठूला र संस्थागत लगानीकर्ताले सुनिश्चितता खोजेका हुन्छन् । अब हुँदै गरेको चुनावले राजनीति स्थिरता हुनेछ ।
लगानीको लागि सहज अवस्था छ । बैंकको ब्याज दर सस्तो छ । सस्तो दरमा कर्जा लिएर सस्तोमा शेयर खरिद गर्न पाउने अवस्था छ । चुनाव भएर स्थिर सरकार बन्ने अवस्था रह्यो भने अहिलेको लगानीले धेरै लाभ गर्न सकिने अवस्था रहन्छ । अहिले चलाख लगानीकर्ताले लगानी बढाएका छन् ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुले पुस महिनाको रिकभरिमा जोड दिएका छन् । यो मसान्तपछि कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुनेछ । बैंक तथा वित्तीय संस्थासँग बजारमा गरिने लगानी ब्यापक छ । बजारमा लगानी गर्न सक्ने क्षमता पर्याप्त छ । अरु क्षेत्रबाट कर्जा माग छैन् । बैंकमा भएको पैसा शेयर बजारमा लगानी गर्नुको बिकल्प छैन । माघदेखि बैंकहरुको लगानी बढ्ने छ ।
शेयर बजारमा भइरहेको अभ्यासलाई हेर्दा लगानीकर्ताहरुले दीगो लगानी गर्नु भन्दा छोटो अवधिको रणनीति बनाएर लगानी गरेका छन् । यस्तो प्रकृतिको लगानीले बजार बढाउन सम्भव होला ?
हो, तपाईले भनेको जस्तो दीगो भन्दा छोटो अवधिको लगानीको परिपाटी छ । यस्ता लगानीकर्ताहरु पनि बजारका लागि जरुरी छ । त्यस्तो लगानीले बजारलाई चलायमान बनाउँछ । अल्पकालिन वा दीगो लगानी भन्दा महत्त्वपूर्ण भनेको बजार चल्नु पर्यो । बजार चलायमान हुन सुरु भएपछि दीगो लगानी पनि बढ्ने छ । शेयर बजारमा हुने गरेको बुल एण्ड बियरको चक्र पनि बियर भन्दा बुल छोटो अवधिको हुन्छ ।
बजारमा लगानीकर्ताको लगानी प्रबृतीहरु समय अनुकुल परिवर्तन हुन्छ । अहिले अस्थिर र सुनिश्चिता पर्खेको समयमा अल्पकालिन लगानी गर्नेहरु नै पछि दीगो लगानी गर्ने छन् । लगानीकर्ताहरु सुरक्षा र बजारको स्थायीत्वको पखाईमा छन् । अहिलेको लगानी प्रवृती परिवर्तन हुनेछ ।
अहिले बजारमा नयाँ कम्पनी जसलाई (जेनजी) र पुराना कम्पनी भनेर वर्गिकरण हुने गरेको छ । कारोबार भएका शेयरहरु मध्येमा जेनजी शेयर मात्रै चलेको देखिन्छ । किन लगानीकर्ता यस्तो शेयरमा मात्रै आकर्षित भए ?
जेनजी आन्दोलन पछि नयाँलाई प्राथमिकता दिने चलन चलेको छ । शेयर बजार यस्तो हुँदो रहेछ । हामी विगतमा शेयरको सर्टिफिकेट हुने चलन थिएन । विगतमा शेयर प्रमाणपत्र जम्मा गर्नका लागि पनि शेयर किन्ने गर्यौं । त्यो भनेको नयाँमा रुचि बढी हुन्छ ।
नयाँ स्टकको मात्रै शेयर मूल्य बढ्नुका धेरै कारणहरु छन् । नयाँ शेयर धेरैलाई पर्दैन । दोस्रो बजारमा त्यस्ता कम्पनीको शेयर सप्लाई कम हुन्छ । आईपीओ शेयर बिक्री नगरी राखेको हुन्छ । आईपीओ शेयर सबै बजारमा आएको हुँदैन । त्यसले गर्दा सो कम्पनीको डिमाण्ड बढ्छ । पुराना स्टकको सप्लाई बढी छ । त्यस्ता कम्पनीको शेयर बढाउन गाह्रो हुन्छ । सोही कारण बैंक तथा वित्तीय संस्थाको शेयरको मूल्य बढेकाे छैन् । सोही कारण अझै पनि जेनजी स्टक नै उछालिएर बढ्ने सम्भावना देखिन्छ । त्यसले अरु कम्पनीलाई पनि तान्नेछ । कारोबारमा आएका आधारभूत राम्रा कम्पनीको मूल्य बढ्नु राम्रो हो ।
नयाँ भन्दैमा आँखा चिम्लेर लगानी गर्ने अवस्था पनि नरहला नि ? मूल्य धेरै बढ्यो भने त्यसमा जोखिम रहन्छ होला नि ?
दोस्रो बजारमा सधै सचेत भएर कारोबार गर्नुपर्छ । अहिलेको नेप्से सूचक स्थिर र साईडवयजको अवस्थामा रहदा पनि केही कम्पनीको शेयर मूल्य हुनु पर्ने भन्दा धेरै छ । बजारलाई बुझेका र दीगो लगानीको रणनीतिमा रहेकाहरुले त्यस्ता कम्पनीमा लगानी गर्दैनन । आधारभूत रुपमा बलिया र सप्लाईलाई पनि ध्यान दिन सकियो भने राम्रो हुन्छ । धेरै जस्तो ट्रेडरहरुले कम्पनीको आधारभूत अवस्थालाई ध्यान दिदैनन । सचेत भएर मात्रै लगानी गर्नु पर्छ । त्यस्ता कम्पनीमा गरिने लगानी छोटो अवधिकै रणनीति हुनु पर्छ ।
बाँकी भिडियोमाः