देउवाप्रति रोष प्रकट गर्दै गगन थापाले भने, ‘पार्टीबाट निष्कासन गर्दा एकपटक स्पष्टीकरण पनि साेधिएन ’

Jan 14, 2026 04:38 PM merolagani



नेपाली कांग्रेसको संस्थापनपक्षको कारबाहीमा परेका गगन थापाले पार्टीबाट निष्कासन गर्नुपूर्व एक पटक नसोधिएको बताएका छन् ।

कुनै पनि कम्पनीमा कारबाही गर्नु पूर्व स्पष्टीकरण लिने वा सोध्ने अधिकार भए पनि आफु महामन्त्री भएको व्यक्तिलाइ नसोधिएको बताए ।

उनले विशेष महाधिवेशनले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको टुंगो लगाउने बताएका छन् । कारबाही पछि भृकृटीमण्डमा विशेष महाधिवेशन स्थलमा पुगेर उनले निर्वाचन समितिले विधिसम्म रुपमा नेपाली कांग्रेसको आधिकारिक कार्यसमिति र नेतृत्व टुंगो लगाउने बताए ।

उनले नेपाली कांग्रेस देउवाको प्राइभेट कम्पनी नभएको बताए । पार्टीले कारबाही गर्नुपूर्व पार्टीले आफुलाई स्पष्टीकरण र आवश्यक सोधनी नगरेको उनको भनाइ छ ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।