नेशनल लाईफ इन्स्योरेन्सको साधारण सभाद्वारा १२.५ प्रतिशत लाभांश पारित

Jan 14, 2026 05:50 PM merolagani



नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

कम्पनीको ३८ औं वार्षिक साधारण सभा पुस ३० गतेका दिन कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।

वार्षिक साधारण सभाले आ.व. २०८१/०८२ को लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५,४७,२७,३९,७३६ मा ८.५ प्रतिशतका दरले नगद लाभांश रु.४६,५१,८२,८७८ र र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश २१,८९,०९,५८९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक व्यवस्था गरेकोमा हाल कायम रहेको चुक्ता पूँजी रु.५,४७,२७,३९,७३६ मा ४ प्रतिशतको बाेनस शेयर थप भई कुल चुक्ता पूँजी रु.५,६९,१६,४९,३२५ पुगेको छ ।

सभामा अध्यक्ष प्रेमा सिंहले समिक्षा वर्ष २०८१/८२  विविध चुनौतीको बाबजुद विश्व अर्थतन्त्र लचिलो स्थितिमा नै रहेको र कोभिड महामारी एवं भु–राजनैतिक कारणले बढेको विश्व मुद्रास्फिति अहिले आएर घट्ने क्रममा रहेको कारणले विश्वका अधिकांश केन्द्रीय बैंकहरुले लचिलो मौद्रिक नीति अवलम्बन गरेको बताइन् ।

नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहेको अनुमान भएतापनि आ.व. २०८२/८३ मा बढ्दो राजनैतिक एवम् सामाजिक अनिश्चिन्तताको कारणले वृद्धिदरमा संकुचनमा जान सक्ने आँकलन गरिएको छ ।

आव २०८१/०८२ मा कम्पनीको ब्यवसाय सन्तोषनजनक रहेको छ । कम्पनीको कूल बीमाशुल्क १०.२६ प्रतिशतले बृद्धि भई २,२५९.३७ करोड पुगेको छ । समिक्षा वर्षको सञ्चालनवाट जम्मा १,४९८.५९ करोड खुद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ ।

कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा ९,४५८.७७ करोड रुपैयाँ पुगेको छ । यसैगरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवं आंशिक अवधि समाप्ती दावी, सर्मपण मूल्य, दावी एंव अन्य दावी भुक्तानीमा ९४८.६५ करोड दावी भुक्तानी गरेको छ ।

कम्पनीले आफ्ना सबै लगानी योग्य रकमहरु नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्र भित्र रहेर पारदर्शीता एवं प्रतिफलको हिसाबले अधिकतम दीर्घकालिन लगानीका औजारहरुमा लगानी गर्दै आएको र यसबाट बीमितहरुको अधिकतम् हित संरक्षण हुनेमा कम्पनी विश्वस्त रहेको छ । कम्पनीको कूल लगानी समिक्षा वर्षमा ११.०४ प्रतिशतले बृद्धि भई वर्षान्तमा ७,७९०.२० करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ । आ.व.२०८१/०८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको छ ।

कम्पनीले आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आ.व.२०८२/०८३ मा हिमालयन बैंक को २,८०,१२,४४७.४५ कित्ता संस्थापक शेयर ३,३३,०१,१९,७५२.८५ रुपैयाँमा खरीद गरेको र उक्त बैंकमा कम्पनीको शेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ । यसैगरी कम्पनीले मर्चेण्ट बैंकरको रुपमा प्रवर्धन गरेको सहायक कम्पनी नेशनल क्यापिटल लि.ले आवश्यक ईजाजतपत्र प्राप्त गरी सञ्चालनमा आएको छ र आ.व.२०८१/०८२ को लागि पहिलोपल्ट ७.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।