मनोनयनका लागि ओली सोमवार नै झापा गएका थिए । मनोनयन दर्ताअघि उनले जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरूको अवलोकनसमेत गरे । झापा–५ ओलीको गृह क्षेत्र हो । जहाँ उनले यसअघिका निर्वाचनहरूमा लगातार विजय हासिल गरेका थिए ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले पनि मनोनयन दर्ता गराएका छन् । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ उच्च चर्चामा रहेको क्षेत्र बनेको छ ।